दफा २७
मूल ऐनको दफा ४१ मा संशोधन
मूल ऐनको दफा ४१ को सट्टा देहायको दफा ४१ राखिएको छ :–
“४१. पति– पत्नीका बीचको कुरा प्रकट गर्न नहुने :- (१) कुनै पतिले पत्नीलाई वा
पत्नीले पतिलाई निजको दाम्पत्य सम्बन्ध कायम रहेको अवस्थामा व्यक्त गरेको
कुनै कुरा प्रकट गर्न वा त्यस्तो अवस्थामा एक आपसमा भएका पत्राचार प्रस्तुत
गर्न कर लाग्ने छैन ।
(२) कुनै पति र पत्नी वीच परेको कुनै मुद्दामा वा त्यस्तो पति वा
पत्नीका विरुद्ध कुनै कसूर गरेको सिलसिलामा नेपाल सरकारवादी भई चलेको
कुनै फौजदारी मुद्दामा बाहेक त्यस्तो कुरा व्यक्त गर्न वा त्यस्तो पत्राचार प्रस्तुत
गर्न त्यस्तो पति वा पत्नीले स्वीकृति नदिएसम्म त्यस्तो कुरा प्रकट गर्न वा
प्रस्तुत गर्न सकिने छैन ।”